लगातार वर्षाले गर्दा पैह्रो जाँदा महानदीदेखि सिविटार, गिताङ्गे र शिवखोलासम्म पुग्ने सड़क बाधित

खरसाङ : दुई दिनदेखि लगातार परिरहेको पानीले गर्दा पैह्रो गएर महानदीदेखि सिविटार, गिताङ्गे र शिवखोलासम्म पुग्ने सड़क पनि बाधित बनेको छ। महानदीदेखि मुनि सिविटारको नेटवर्क डाँड़ामा पैह्रोले सड़क लगेकोले उक्त सड़क भएर वाहनहरू कुदाउन नसक्ने भएको छ। उक्त पैह्रोको कारणले महानदीदेखि सिविटारको नेटवर्क डाँड़ासम्म मात्र वाहनहरू पुग्न सक्ने भएको छ। त्यसरी नै सिविटार चियाबारीको तेरेस गाउँमा रहेको सड़क पनि पैह्रोले लगेको छ। यो पैह्रोले गर्दा तेरेस गाउँको स्थानीय टाइसन प्रधानको घर नजिकबाट पैह्रो गएको छ भने पैह्रोले तेरेस गाउँमा बनिँदै गरेको जुनियर हाई स्कुलको भवनमा पनि ढुङ्गाहरू पसेको छ। यस विषयमा स्थानीय शिवकुमार प्रधानले लगातार परेको पैह्रोले तेरेस गाउँमा पैह्रो गएको र यस पैह्रोले स्थानीय टाइसन प्रधानको घरलाई केही खतरा भएको र तलपट्टि स्कुललाई पनि पैह्रोले क्षति गरेको हुन सक्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *