लगातार परेको वर्षाले मिरिकमा जनजीवन अस्त-व्यस्त

मिरिक : आउँदो 24 सेप्टेम्बरसम्म उत्तरबंगालको दार्जिलिङ जिल्ला लगायत विभिन्न क्षेत्रमा अत्याधिक वर्षा हुने मौसम विभागले दिएको चेताउनीअनुसार दार्जिलिङ पहाडमा हाल लगातार मुसलधारे वर्षा भइरहेको छ। अधिक वर्षाको कारणले पहाडको जनजीवन पूर्ण रूपमा प्रभावित बन्न पुगेको छ। पहाडको प्रमुख पर्यटन केन्द्र मिरिकमा हिजो दिनभरि जसो परेको अत्याधिक पानीले यहाँको केही ठाउँमा पैह्रो तथा बाढी आएपछि स्थानीय मानिसहरू निक्कै समस्यामा परेका छन्। अत्याधिक वर्षासँगै मिरिक क्षेत्रमा जाडो पनि बढेको महसुस भइरहेको छ। यद्यपि, हालसम्म वर्षाको कारण कतैबाट पनि कुनै अप्रिय घटनाको खबर प्राप्त भएको छैन। वर्षाले मिरिक लगायत यसको संलग्न कतिपय क्षेत्रहरूमा पैह्रो गएको समाचार प्राप्त भएक छ भने पैह्रोले कुनै ज्यानमालको क्षति भएको खबर छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *