लगातार परेको वर्षाले खरसाङ धोबी खोलाको झोड़ा बन्द, पानी पसेर गाउँ जलमग्न

खरसाङ : गत दुई दिनदेखि परेको पानीले खरसाङ नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। यहाँको वार्ड नम्बर 7-को धोबी खोला क्षेत्रको ठुलो झोड़ामा मैला पोलिथिन, पुरानो लुगा, ढुङ्गा मुढा आदि बगाएर ल्याएपछि झोड़ा बन्द भएर यहाँको सबै पानी एनएच 55 रोड हुँदै धोबी खोला छेउ पञ्चायत क्षेत्रमा पसेर गाउँ नै जलमग्न बन्न पुग्यो। यसपछि स्थानीय मानिसहरूको सहयोगमा पानी फर्काउने कार्य गरिएको साथै नगरपालिका स्वास्थ्य एवम् स्वच्छ विभागका कर्मचारीहरूले लगातार 4 घण्टासम्म कठोर मेहनत गरेपछि झोड़ा खोलिएको वार्ड पार्षद श्याम शेर्पाले बताए।


उक्त कार्यमा जीटीए बीओए सदस्या अनु प्रधान, महकुमा कार्यालयबाट पीसी पाण्डे, नगरपालिकाबाट नगरपार्षद श्याम शेर्पा लगायत अन्यले सहयोग पुर्‍याएका थिए। नगर पार्षद श्याम शेर्पाले जनतालाई अपील गर्दै पोलिथिनको प्रयोग बन्द गर्ने तथा मैला कुचेला नाला झोडामा नफ्याँकिदिने आहवान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *