लगातार परेको वर्षाले सिलगढीमा जनजीवन अस्त-व्यस्त

सिलगढी : गत रातिदेखि परेको अत्याधिक वर्षाको समय सिलगढीको रवीन्द्र मञ्च अघि सड़कमा रुख लडेपछि यस मार्ग भएर आवत जावत गर्ने वाहनहरू लगायत मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। प्राप्त जानकारीअनुसार लगातार परिरहेको अत्याधिक वर्षाको कारणले गत राति उक्त रुख लडेको बताइएको छ। 3 दिनदेखि लगातार परिरहेको पानीले गर्दा सिलगढी सहरमा जनजीवन अस्त-व्यस्त बन्न पुगेको छ। सिलगढी नगरनिगम क्षेत्रका विभिन्न वार्डहरूमा पानी जमेकोले गर्दा बाटो तथा घरभित्र पानी पसेपछि धेरैजना मानिसहरूलाई निक्कै समस्या भइरहेको बताइएको छ। यसको साथै यहाँको नदीहरूको जलस्तर निक्कै माथिसम्म बढ्न पुगेको छ भने स-साना नालाहरूमा पनि पानी भरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *