लगातार परेको पानीले कुचबिहार सहर जलमग्न

कुचबिहार : लगातार परेको पानीको कारण कुचबिहार सहरको विभिन्न इलाका जलमग्न भएको छ भने यहाँको 20 वटा वार्डहरूमध्ये धेरैजसो वार्डहरू जलमग्न भएको छ। यसको साथै यहाँको धेरैवटा घरहरूभित्र पानी पसेकोले मानिसहरू निक्कै समस्यामा परेका छन्। कुचबिहार सहर जलमग्न भएकोले सहरवासीहरूले यहाँको जल निकासी व्यवस्थामाथि प्रश्न चिन्ह खडा गरेका छन्। कुचबिहार सहरको राजबाड़ी, मिनी बस स्ट्यान्ड, ओल्ड पोस्ट अफिस पाड़ामान्टु दासगुप्ता पल्ली, सुभाषपल्ली, न्यु टाउन, कलाबागान, साहित्य सभा लगायत सहरका केही इलाकाहरू जलमग्न भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *