लगातार परेको पानीले गर्दा खरसाङ बजार जलमग्न, वाहन लगायत मानिसहरू समस्यामा

खरसाङ: हिज रातिदेखि लगातार परिरहेको पानीले खरसाङमा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। लगातार परेको पानीले गर्दा खरसाङ बजारमा मानिसहरूको चहल पहल कम देखियो। दसैँको रमझमबीच अचानक परेको पानीले गर्दा खरसाङ बजार प्रभावित बनेको छ। बजारको नाला झोड़ाहरूमा मैला पानी बगेर नालीहरू पानीले भरिएको छ भने पानी सड़कभरि बगिरहेको देखियो। सड़कभरि बगिरहेको पानीमा नै वाहनहरू कुदिरहेको छ भने पानीझरीमा बेला-बेला जामको समस्याले गर्दा मानिसहरूलाई निक्कै समस्याको सामना गर्न परिरहेको छ। भोलिसम्म अधिक वर्षा हुने मौसम विभागले चेताउनी जारी गरेकोले पानी झरीले खरसाङ बजार अझ बेसी प्रभावित बन्ने सम्भावना देखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *