लगातार परिरहेको पानीले पुल बगाएपछि गोर्खे, समानदेन लगायत अन्य ठाउँहरूमा यातायात ठप्प

समानदेन: हिजो दिउँसोदेखि लगातार परिरहेको पानीले गर्दा दार्जिलिङको दुर्गम क्षेत्र रिम्बिक लोधोमा समष्टि अन्तर्गत गोर्खे तथा समानदेन एकाअर्का सँगै देशको अन्य ठाउँहरूसित सम्पर्क विच्छेद भएको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार रातभरि परेको मुसलधारे वर्षाले गर्दा गोर्खे तथा समानदेनलाई जोड्ने गोर्खे खोलामा निर्मित पुल बगेपछि दुई गाउँ एकाअर्कासँग सम्पर्कविहिन बन्न पुगेको छ।


यसैगरी, यी दुई गाउँलाई समानदेन हुँदै रिम्बिक लोधोमा क्षेत्रको अन्य गाउँसँग जोड्ने पौने खोलामा निर्मित पुल पानीले बगेपछि रमाम हुँदै जोडिने जोडिने पैदल मार्ग पूर्ण रूपमा सम्पर्कविहीन बन्न पुगेको छ। यस क्षेत्रलाई सिक्किमसम्म जोड्नको लागि केही दिन अघि रमाम खोलामा निर्माण गरेको स्टिल ब्रिज पानीको बहावले बगाएपछि यातायात पूर्ण रूपमा ठप्प बन्न पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *