लगभग 13 करोड रुपियाँको साँपको विष सहित एकजना पक्राउ

जलपाईगढी : तस्करी गर्न अगावै लगभग 13 करोड रुपियाँ मूल्यको साँपको विष सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति दक्षिण दिनाजपुर निवासी सलिन अख्तर मान्डुको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार तीनवटा बेल्जियमको क्रिस्टल काँचको जारमा हालेर साँपको विष लगिरहेको समय सलिन अख्तर मान्डुलाई जलपाईगढी गोरूमारा राष्ट्रिय उद्यान इलाकाबाट गोरूमारा वन्य प्राणी शाखाका वन कर्मीहरूले पक्राउ गरे। आरोपी व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। अदालतमा पेश गरेपछि तिनलाई छानबीनको निम्ति 6 दिनको हिरासतमा पठाएको सरकारी वकील सिन्धु रायले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *