लगभग 1 करोड रुपियाँको पेन्गोलिनको खपेटासहित 3 जना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जले लगभग 48 केजी पेन्गोलिनको खपेटा सहित 3 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू पञ्जाब र हरियाणा निवासी क्रमैले धरमवीर धाबी (35), बागचाँद धावी (69) र दालवीर (55) सामेल छन्। जफत गरेको पेन्गोलिनको खपेटाको अनुमानित बजार मूल्य लगभग 1 करोड रुपियाँ रहेको बताइएको छ। बैकुण्ठपुर डिभिजनका एडीएफओ मञ्जुला तिर्कीले बताएअनुसार गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जका अधिकारी सञ्जय दत्तले क्रेता भएर आज अपरान्ह सिलगढीको जलपाईमोडबाट पेन्गोलिनको खपेटा सहित 3 जना आरोपीलाई पक्राउ गरेको हो। जफत गरेको उक्त पेन्गोलिनको खपेटा मध्यप्रदेशबाट नेपाल लैजाने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका आरोपीमध्ये बागचाँद धावी यसभन्दा पनि पेन्गोलिनको खपेटासहित पक्राउ परेको थियो। पक्रा परेका 3 जना आरोपीलाई भोलि शुक्रबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *