लगभग 8 किलो गाँजा सहित तीन महिला पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सादा पोसाकमा गत राति अभियान चलाएर मादक पदार्थको तस्करी गर्ने तीनजना महिलालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका महिलाहरू बिहारको भागलपुर निवासी क्रमैले कञ्चन मण्डल (35), फुल देवी मण्डल (40) र रेनू देवी भगत (40) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार तीनजना महिला बिहारमा गाँजा तस्करी गर्ने उद्देश्य लिएर सिलगढी जङ्क्शन बस स्ट्यान्डमा आइपुगेको अनि यहाँबाट गाँजा लिएर बिहार जाने गोप्य सुइँको पाए। यसपछि प्रधान नगर थाना पुलिसले सादा पोसाकमा महिला पुलिसकर्मीहरूलाई साथमा लिएर बस स्ट्यान्डमा अभियान चलाएर तीनजना महिलाको छानबीन गर्दा ब्यागबाट गाँजा उद्धार गरेको बताइएको छ। जफत गरेको गाँजा लगभग 8 किलो रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *