लगभग डेढ़ किलो सुनको बिस्कुट सहित दुईजना पक्राउ

सिलगढी: डीआरआई सिलगढी टीमले लगभग डेढ़ किलो सुनको बिस्कुट सहित दुईजना युवकलाई पक्राउ गरेको छ। जफत गरिएको सुनको बजारमा अनुमानित मूल्य 73 लाख 55 हजार 336 रुपियाँ बताइएको छ। पक्रा परेका महाराष्ट्रका दुवै आरोपी रिहान अब्दुल शेख (27) र सहनाज अब्दुल शेख (18)-लाई सिलगढी अदालतमा पेश गरियो। सिलगढी बस टर्मिनलबाट डीआरआईले पक्रिएको सुनको ओजन लगभग 1 किलो 496 ग्राम रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *