लागु पदार्थ उन्मूलनबारे सुकेपोखरीमा जनचेतना कार्यक्रम

सुकेपोखरी : दार्जिलिङ सेवा संस्था (डीएसएस)-को पहलमा सुकेपोखरी सार्वजनिक भवनमा आज लागु पदार्थ उन्मूलन विषय लिएर एउटा जनचेतना कार्यक्रमको आयोजना गरियो। सुकेपोखरी थाना प्रभारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डीएसएस संस्थापक अध्यक्ष शशी योञ्जन तथा अन्यको उपस्थिति रहेको थियो। कतिपय क्षेत्रमा ड्रग्सको सेवन र ओसार-पसार जस्ता घटनाक्रमको बढ्दो अवस्थालाई ध्यानमा राखेर डीएसएसले क्लिन डी अभियान शुरू गरेको पोख्रेबुङ क्षेत्रीय संयोजक राजेश खवासले बताए। विभिन्न क्षेत्रमा यस प्रकारको अभियान चलाएको खण्डमा स्वस्थ्य एवम् स्वच्छ समाज निर्माणको परिकल्पना कार्यन्वयन हुनसक्ने मन्तव्य जाहेर गर्दै तिनले आज सम्पन्न कार्यक्रमलाई उपस्थित पदाधिकारी साथै विभागीय अधिकारीले सम्बोधन गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *