लाखौँ रुपियाँको काठ जफत

अलिपुरद्वार : गोप्य सूचनाको आधारमा हेमिल्टनगञ्ज रेन्जका वन कर्मीहरूले आज अभियान चलाएर लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज हेमिल्टनगञ्ज रेन्जका वन कर्मीहरूले मेन्दाबारी संलग्न बासरा नदी इलाकामा अभियान चलाएर लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको छ भने घटना संलग्न कसैलाई पक्राउ नगरिको बताइएको छ। जफत गरेको उक्त काठ हेमिल्टनगञ्ज रेञ्जमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *