लाखौँ रुपियाँको गाँजासहित विद्यार्थी पक्राउ  

सिलगढी : प्रधाननगर थाना पुलिसले गाँजासहित एकजना विद्यार्थीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका विद्यार्थी कुचबिहार निवासी राजु रायको रूपमा चिन्हित गरिएको छ। जफत गरेको गाँजाको ओजन 16 किलो 9 सय ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य लगभग साढे तीन लाख रहेको बताइएको छ। प्रधाननगर थानाले दिएको जानकरीअनुसार सिलगढी जङ्क्शनस्थित बिहार बस स्ट्याण्डबाट आरोपी राजु रायलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *