लाखौँ रुपियाँको रम-रक्सी उद्धार

सिलगढी : तस्करी गर्न अगावै आबकारी विभागले लाखौँ रुपियाँको सिक्किमको अवैध रम-रक्सी उद्धार गरेको छ। सिक्किमको माझीटारबाट एउटा पिकअप भ्यानमा अवैध रूपमा सिक्किमको रम-रक्सी सिलगढी हुँदै मिरिकमा लगिरहेको आबकारी विभागका अधिकारीहरूले गोप्य सुइँको पाएपछि गत अबेर राति थर्बु चियाकमान इलाकामा अभियान चलाएर 155 कार्टुन रम-रक्सी र बियर जफत गरेको बताइएको छ।


जफत गरेको रम-रक्सी तथा बियरको अनुमानित बजार मूल्य 5 लाख 25 हजार रुपियाँ रहेको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। आबकारी विभागले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *