लाखौँ रुपियाँको अवैध काठ सहित चालक पक्राउ

सिलगढी : तस्करी गर्न अगावै वन विभागले लाखौँ रुपियाँको काठ उद्धार गर्नको साथै ट्रक चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने ट्रक चालक उत्तरप्रदेश निवासी मोहम्मद आसारूलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने राजगञ्जको करतोया इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा सिमेन्टको बोरामुनि काठ लुकाएर राखेको थियो। ट्रकबाट लगभग 20 लाख रुपियाँको काठ उद्धार भएको छ भने उक्त काठ असमबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *