लाखौँ रुपियाँको अवैध काठसहित हल्दीबारीमा हरिणको सिंग जफत

हल्दीबारी : गोप्य सूचनाको आधारमा मोरघाट रेञ्जका वनकर्मी र बानरहाट पुलिसले संयुक्त अभियान चलाएर लाखौँ रुपियाँको अवैध काठसहित हरिणको सिंग उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार मोराघाट रेञ्जका रेञ्जर राजकुमार पालको नेतृत्वमा आज वनकर्मी र बानरहाट पुलिसले संयुक्त रूपमा हल्दीबारी चियाकमानको मनीपुर लाइन, बड़ा लाइन इलाकामा अभियान चलाएर लाखौँ रुपियाँको अवैध साल र सैगुनको काठ उद्धार गरेको बताइएको छ।


यसबाहेक  एउटा बन्द घरभित्रबाट अवैधक काठसहित हरिणको सिंग पनि उद्धार गरेको छ। पुलिस आएको सुइँको पाएर घटनास्थलबाट तस्करले सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *