लाखौँ रुपियाँको अवैध रम-रक्सीसहित 2 जना पक्राउ

अलिपुरद्वार : जयगाउँ थाना पुलिसले हाँसीमारा इलाकामा अभियान चलाएर अवैध रम-रक्सीसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति असमको श्रीरामपुर इलाका निवासी प्रेम कुमार मण्डल र विप्लव साहाको रूपमा चिन्हित गरिएको छ। जयगाउँ थाना पुलिसका ओसी अभिषेक भट्टाचार्यले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर बताएअनुसार गोप्य सूचनाको आधारमा हाँसीमारा इलाकामा अभियान चलाएर एउटा ट्रक रोकेर छानबीन गर्दा 650 कार्टुन अवैध रम-रक्सी उद्धार गरियो। जफत गरेको गरेको रम-रक्सीको अनुमानित बजार मूल्य 17 लाख रुपियाँ रहेको छ भने अलिपुरद्वारको विभिन्न ठाउँहरूमा उक्त रम-रक्सी बिक्री गर्ने उद्देश्यले लगिरहेको तिनले बताए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *