लाखौँ रुपियाँको विदेशी रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको विदेशी रम-रक्सी सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहारको छपरा निवासी त्रिलोकी शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एउटा ट्रकमा धेरै मात्रामा विदेशी रम-रक्सी लादेर अरूणाचल प्रदेशदेखि बक्सिरहाट हुँदै बिहारतर्फ लगिरहेको एनजेपी थाना पुलिसले गोप्य सुइँको पाएपछि फुलबारी चेकपोस्टमा अभियान चलाएर उक्त ट्रकलाई रोकेर छानबीन गर्दा 710 कार्टुन विदेशी रम-रक्सी उद्धार गरेको बताइएको छ। जफत गरेको रम-रक्सीको अनुमानित बजार मूल्य 11 लाख रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *