लाखौँ रुपियाँको विदेशी रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारीको एउटा घरबाट धेरै मात्रामा अवैध विदेशी रम-रक्सी उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा फुलबारीको एउटा घरमा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको छ। फुलबारी निवासी राजीब लस्करले धेरै दिन अघिदेखि अवैध रम-रक्सीको व्यवसाय गर्दै आइरहेका थिए।


राजीबले बिहारमा तस्करी गर्ने उद्देश्यले अधिक मात्रामा विदेशी रम-रक्सी जम्मा गरेर राखेको गोप्य सुइँको पाएपछि एनजेपी थानाका ओसी समीर तामाङको नेतृत्वमा पुलिसले सादा पोसाकमा आज तिनको घरमा अभियान चलाएर राजीबलाई पक्राउ गरे। यसपछि राजीबसित सोधखोज गर्दा उक्त इलाकाको एउटा घरबाट 1,104 बोतल विदेशी रम-रक्सी उद्धार गरेको छ। उद्धार गरेको अवैध रम-रक्सीको अनुमानित बजार 4 लाख रुपियाँ रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *