लाखौँ रुपियाँको ब्राउन शुगर सहित व्यक्ति पक्राउ

सिलगढी (निसं): खालपाडा आउटपोस्ट पुलिसले डाङ्गीपाडाबाट लाखौँ रुपियाँको ब्राउन शुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम कैलाश साहनी (50) बताइएको छ। तिनी सिलगढीको टिकियापाडा निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत साँझ कैलाश ब्राउन शुगर बिक्री गर्नको लागि डाङ्गीपाडा भएर गइरहेको समय गोप्य सूचनाको आधारमा खालपाडा आउटपोस्ट पुलिसले अभियान चलाएर डाङ्गीपाडा रेल गेट नजिक कैलाशलाई रोकेर छानबीन गर्दा 57 ग्राम ब्राउन शुगर उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले कैलाशलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *