लाखौँ रुपियाँको ब्राउन सुगर सहित 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारी थाना पुलिसले ब्राउन सुगर सहित पक्राउ गरेको 2 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्यो। गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले गत राति यहाँको उत्तर दयाराम जोतमा अभियान चलाएर 52 ग्राम ब्राउन सुगर सहित पोरिना सोरेन मोहम्मद जुलफिकारलाई पक्राउ गरेको थियो। यसको साथै पुलिसले तिनीहरूबाट 72 हजार 210 भारतीय रुपियाँ  र 2 हजार 270 नेपालको रुपियाँ उद्धार गरेको छ भने जफत गरेको ब्राउन सुगरको मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *