लाखौँ रुपियाँको ब्राउन सुगर सहित वृद्ध पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले ब्राउन सुगर सहित एकजना वृद्धलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका वृद्ध मनिरूल इस्लामको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति न्यु जलपाईगढी थाना पुलिसले फुलबारी नतुन बजार इलाकामा एकजना 70 वर्ष पारे गरेको वृद्धबाट 250 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। गोप्य सूचनाको आधारमा गत राति 10 बजी फुलबारी 2 नम्बर ग्राम पञ्चायतको नतुन बजार इलाकामा अभियान चलाएर पुलिसले 250 ग्राम ब्राउन सुगर सहित एकजना वृद्धलाई पक्राउ गरेको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 10 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *