लाखौँ रुपियाँको चाँदीको गर-गहना चोरी

सिलगढी : फुलबारी 1 नम्बर अञ्चल अन्तर्गत पर्ने अम्बिकानगर बजार इलाकाको एउटा सुनको दोकानमा लाखौँ रुपियाँको चाँदीको गर-गहना चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार केही दुष्कृतिहरूले एका बिहानै दोकानको छाना काटेर उक्त दोकानभित्र पसी दोकानमा राखिएको चाँदीको गर-गहनाको चोरी गरेर लगेको बताइएको छ। आज बिहान दोकान मालिकले आफ्नो दोकानमा चोरी भएकोबारे थाहा पाएपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *