लाखौँ रुपियाँको चोरी गरेपछि राजगञ्जको बलराम पावरग्रिड इलाकाको फ्याक्ट्रीमा लगाइयो आगो

राजगञ्ज : राजगञ्जको बलराम पावरग्रिड इलाकाको एउटा फ्याक्ट्रीमा केही दुष्कृतिहरूले चोरी गरेपछि आगो लगाइदिएको घटना प्रकाशमा आएको छ। नगद राशि सहित लगभग 25 लाख रुपियाँको समान चोरी भएको फ्याक्ट्रीका अधिकारीहरूले बताए। प्राप्त जानकारी अनुसार गत राति लगभग 2 बजी फ्याक्ट्री भित्र एउटा कारमा लाइट जलेको एकजना अपरेटरले देखे। यसको केही समयपछि फ्याक्ट्रीको कार्यालयमा आगो लागेको देखेपछि तिनले स्थानीय मानिसहरू लगायत फुलबारी अग्निशमन विभागलाई यसबारे जानकारी गराए। यस अवधि ती दुष्कृतिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस अनि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त घटनामा पुलिसले एकजना युवकलाई हिरासतमा लिएर सोधखोज गरिरहेको छ। फ्याक्ट्रीका अपरेटरको भनाइअनुसार फ्याक्ट्रीबाट ताँबाको तार, टर्मिनल र साढ़े तीन लाख रुपियाँ नगद राशि मिलाएर लगभग 25 लाख रुपियाँको चोरी भएको छ। ती दुष्कृतिहरूले फ्याक्ट्रीबाट केही आवश्यक कागजपत्र पनि जलाइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *