लाखौँ रुपियाँको इलेक्ट्रिक तार चोरीको मामिलामा दुईजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले लाखौँ रुपियाँको इलेक्ट्रिक तार चोरी मामिलामा दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले उमेश यादव र छोटन कुमार साह सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत एक हप्ता अघि प्रधान नगर थाना अन्तर्गत सर्किट हाउस संलग्न इलाकाबाट बिजुलीको तार चोरी भएकोबारे प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरिएको थियो।


अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले उमेश यादवलाई पक्राउ गरेर अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएर सोधखोज शुरू गरेको थियो। सोधखोज अवधि पुलिसले चोरीमा छोटन कुमार साह संलग्न रहेको थाहा पाएपछि आरोपी छोटनलाई पक्राउ गर्नको साथै तिनको घरबाट चोरी गरेको बिजुलीको तार पनि उद्धार गरेको छ। पक्रा परेका दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *