लाखौँ रुपियाँको गाँजासहित एकजना पक्राउ

जलपाईगढी : स्पेशल टास्क फोर्स (एसटीएफ)-ले धेरै मात्रामा गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सञ्जीत रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एसटीएफले गोप्य सूचनाको आधारमा जलपाईगढी हल्दीबारीको राष्ट्रिय राजमार्गमा अभियान चलाएर एउटा वाहनमा छानबीन गर्दा लाखौँ रुपियाँको गाँजासहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा वाहन पनि जफत गरेको छ। उद्धार गरेको गाँजा अगरतलादेखि जलपाईगढी हुँदै बिहार लगिरहेको पुलिसले अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *