लाखौँ रुपियाँको गाँजा सहित 2 जना पक्राउ

सिलगढी (निसं): एसटीएफले पिकअप भ्यानबाट अधिक मात्रामा गाँजा सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरू कुचबिहार निवासी प्रदीप सरकार र सुदीप दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसटीएफले गोप्य सूचनाको आधारमा मतिगढाको फाँसीदेवा अन्डरपास नजिक अभियान चलाकर सन्देहको आधारमा एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा लगभग 138 किलो गाँजा उद्धार गरेको बताइएको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 13 लाख रुपियाँ तोकेको छ। यसपछि एसटीएफले चालक र खलासीलाई पक्राउ गरेर मतिगढा थाना पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *