लाखौँ रुपियाँको गाँजा सहित व्यक्ति पक्राउ

सिलगढी : तस्करी गर्न अगावै लाखौँ रुपियाँको गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सिलगढीको सूर्यसेन कोलनी निवासी मिन्टु सरकारको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले हिजो फुलबारी 1 नम्बर अञ्चलको भोलामोड संलग्न इलाकामा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 10 वटा गाँजाको प्याकेट उद्धार भएको छ भने घटनामा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार लगभग 1 कुइन्टल 11 केजी गाँजा उद्धार भएको छ। जसको अनुमानित बजार मूल्य 11 लाख रुपियाँ रहेको छ। उक्त गाँजा कुचबिहारबाट बिहारतर्फ लगिरहेको थियो। पुलिसले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *