लाखौँ रुपियाँको गाँजा सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको गाँजा सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा असेन शेख र जुयेल शेख सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार मुर्शिदाबाद निवासी दुईजना व्यक्ति आज बिहान लगभग 47 केजी गाँजा लिएर एनजेपी स्टेसन आइपुगे। कुचबिहारबाट उक्त गाँजा लिएर रेलमार्ग हुँदै बिहार तस्करी गर्ने तिनीहरूको उद्देश्य रहेको थियो। तर यसभन्दा अगावै गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले अभियान चलाएर एनजेपी अटो स्ट्यान्डबाट गाँजा सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 2 लाख 50 हजार रुपियाँ रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *