लाखौँ रुपियाँको गाँजा सहित 2 जना पक्राउ

विधाननगर : विधाननगर थाना पुलिसले तस्करी गर्न अगावै लाखौँ रुपियाँको गाँजा सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मद रज्जाक (28) र हरिलाल कर्मकार (21) सामेल छन्।


प्राप्त जानकारीअनुसार सिलगढीबाट उत्तर दिनाजपुरतर्फ गइरहेको समय विधाननगर मुरालीगञ्ज चेकपोस्ट अघि विधाननगर थाना पुलिसले नाका चेकिङ अभियान चलाएर दुईजना युवकलाई हिरासतमा लिएर छानबीन गर्दा एउटा ब्यागबाट 24 केजी गाँजा उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य 2 लाख रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *