लाखौँ रुपियाँको गाँजा सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो लाखौँ रुपियाँको गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति माइकल मधुसुदन कोलनी निवासी रञ्जीत पालको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले सादा पोशाकमा एनजेपी रेल अस्पताल नजिक अभियान चलाएर एउटा ब्यागमा 7 प्याकेट (26 केजी) गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


जफत गरेको 7 प्याकेट गाँजाको अनुमानित बजार मूल्य लगभग 2 लाख 60 हजार रुपियाँ रहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका व्यक्ति धेरै दिन अघिदेखि यस व्यवसायमा संलग्न रहेको साथै उक्त व्यक्तिले जलपाईगढीबाट गाँजा ल्याएर सिलगढीमा बिक्री गर्ने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *