लाखौँ रुपियाँको हात्तीको दाँत सहित 3 जना तस्कर पक्राउ

खोरीबारी : एसएसबी तथा वन विभागले संयुक्त अभियान चलाएर लाखौँ रुपियाँको हात्तीको दाँत उद्धार गर्नको साथै 3 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मतिगढा निवासी क्रमैले असित टोप्पो, अनिल उराव, पुनिलाल नागेसिया सामेल छन्। प्राप्त जानकारी अनुसार खोरीबारी बङ्गाल-बिहार सिमाना इलाकामा एउटा वाहनमा लुकाएर उक्त हात्तीको दाँत तस्करी गरिरहेको थियो।


गोप्य सूचनाको आधारमा एसएसबी तथा वन विभागले संयुक्त अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 2 वटा हात्तीको दाँत उद्धार गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *