लाखौँ रुपियाँको काठ उद्धार

अलिपुरद्वार: बक्सा ब्याघ्र प्रकल्पको पाना मोबाइल रेञ्जका वनकर्मीहरूले अभियान चलाएर लाखौँ रुपियाँको मूल्यवान काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत पर्ने लताबारीको पीएमजी इलाकामा 7 जना तस्करहरूले 7 वटा साइकलमा लादेर मूल्यवान काठ लगिरहेको थियो। गोप्य सूचनाको आधारमा वनकर्मीहरूले अभियान चलाउँदा ती 7 जना तस्करहरूले काठ लादेको साइकल त्यहीँ छोडेर चम्पट कसेको बताइएको छ। जफत गरेको काठ पाना रेञ्जमा लैजानको साथै वन विभागले घटना जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *