लाखौँ रुपियाँको काठ सहित 3 जना पक्राउ

सिलगढी : वन विभागले लाखौँ रुपियाँको काठ सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत राति काठ बोकेको एउटा पिकअप भ्यान बैकुण्ठपुरदेखि इस्लामपुरतर्फ गइरहेको समय बाटोमा नाका चेकिङ अवधि रोक्ने प्रयास गर्दा चालकले नरोकेर पिकअप भ्यान भगाए। यसपछि उक्त भ्यानलाई बेलाकोबा रेञ्जका रेञ्जर सञ्जय दत्त तथा वनकर्मीहरूले पछि गरिरहेको समय मतिगढाको सिसाबारी सरस्वती मोड़मा उक्त भ्यान पल्टियो। वन कर्मीहरूले उक्त पिकअप भ्यानबाट धेरै मात्रामा अवैध काठ उद्धार गर्नको साथै चालक सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ। उक्त काठ भुसको बोराको पछिल्तिर लुकाएर लगिरहेको थियो। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *