लाखौँ रुपियाँको नशालु पदार्थसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको नशालु ट्याबलेट, कफ सिरपसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सिलगढीको हैदरपाडा निवासी रिपन पालको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार सिलगढीबाट नशालु ट्याबलेट र कफ सिरप लिएर एकजना व्यक्ति फुलबारीमा बिक्री गर्न गइरहेको गोप्य सुइँको पाएपछि एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर तीनबत्ती इलाकाबाट तिनलाई पक्राउ गरेपछि धेरै मात्रामा नशालु ट्याबलेट र कफ सिरप उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *