लाखौँ रुपियाँको प्रतिबन्धित पटेकासहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले असमतर्फ लगिरहेको धेरै मात्रा प्रतिबन्धित पटेका सिलगढीबाट जफत गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कश्मिर निवासी शौकत अहमद र आशिक हुसेनको रूपमा सामेल छन्। एनजेपी थाना सूत्रले दिएको जानकारी अनुसार कोलकाताबाट प्रतिबन्धित पटेकाले भरिएको एउटा ट्रक फुलबारी हुँदै असम जाने गोप्य सुइँको पाएपछि पुलिसले सादा पोसाकमा हिजो साँझ फुलबारीको जटियाकाली इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लगभग 10 लाख रुपियाँको प्रतिबन्धित पटेका जफत गरेको बताइएको छ। यसको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको एनजेपी पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *