लाखौँ रुपियाँको सैगुनको काठ उद्धार

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले गत अबेर राति अभियान चलाएर 3 लाख रुपियाँ मूल्यको सैगुनको काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढीको महानन्दा नदीको तटमा अभियान चलाएर 3 लाख रुपियाँको सैगुनको काठ उद्धार गर्नको साथै एउटा वाहन पनि जफत गरेको बताइएको छ। बैकुण्ठपुर डिभिजनका डीएफओ हरिकृष्णनले बताएअनुसार धेरै मात्रा सैगुनको काठ सिलगढी भएर बिहार तस्करी गर्ने गोप्य सुइँको पाएपछि वनविभागले अभियान चलाएर लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको छ। तथापि, चालकले घटनास्थलमा वाहन छोडेर सुइँकुच्चा ठोके तापनि चालकको खोजी शुरू गरेको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *