लाखौँ रुपियाँको सैगुनको काठ सहित 2 जना पक्राउ

घोषपुकुर : सैगुनको काठ तस्करी गर्न अगावै घोषपुकुर वन विभागले दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदलातमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले मुक्तार अली र अरुण सिंह सामेल छन्। प्राप्त जानकारी अनुसार घोषपुकुर वन विभागले गत राति गोप्य सूचनाको आधार फाँसीदेवाको फुलबारी-घोषपुकुर बाइपास संलग्न राष्ट्रिय राजमार्ग 31(डी)-मा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 10 लाख रुपियाँ मूल्यको सैगुनको काठ उद्धार गरेको बताइएको छ। यसको साथै एउटा वाहन सहित दुईजना युवकलाई पनि पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार उद्धार गरेको काठ अलिपुरद्वारको नगराकट्टाबाट बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *