लाखौँ रुपियाँको सैगुनको काठसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको सैगुनको काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मुबारक हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पाट बोकेको लरीमा लाखौँ रुपियाँको सैगुनको काठ लुकाएर असमबाट कोलकातातर्फ लगिरहेको पुलिसले गोप्य सुइँको पाएपछि फुलबारीको जटियाकाली इलाकामा अभियान चलाएर एउटा लरीलाई रोकेर छानबीन गर्दा 500 सीएफटी सैगुनको काठ उद्धार गरेको बताइएको छ। घटनामा लरी चालक मुबारकलाई पनि पक्राउ गरिएको छ। उद्धार गरेको काठको अनुमानित बजार मूल्य 25 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *