लाखौँ रुपियाँको सैगुनको काठसहित एकजना पक्राउ

अलिपुरद्वार : वन विभागको बक्सा टाइगर प्रोजेक्टका कर्मीहरूले दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर लाखौँ रुपियाँको सैगुनको काठसहित एकजना तस्करलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा आज बिहान बक्सा टाइगर प्रोजेक्टको पाना मोबाइल रेञ्जका वनकर्मीहरूले चुआपाड़ा चियाकमानमा अभियान चलाएर 25 सीएफटी काठसहित एकजना तस्करलाई पक्राउ गरेको छ। यसको साथै गङ्गुटिया इलाकाबाट पनि वनकर्मीहरूले 25 सीएफटी काठ जफत गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *