लाखौँ रुपियाँको सैगुनको काठसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको चोरी गरेको सैगुनको काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा हिजो साँझ एनजेपी थाना पुलिसले सादा पोसाकमा फुलबारी संलग्न जटियाकालीबाट एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 560 सीएफटी सैगुनको काठ उद्धार गरेको छ। यसको साथै पुलिसले 30 वर्षीय वाहन चालक राहिल खानलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको काठको बजार मूल्य लगभग 40 लाख रुपियाँ रहेको साथै उक्त काठ असमदेखि कोलकाता लगिरहेको थियो। उक्त गुटले धेरै समय अघिदेखि वाहनको नम्बरमा मसी लगाएर प्रशासनको आँखा छलेर काठको धन्दा चलाइरहेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *