लाखौँ रुपियाँको साल काठ सहित 2 जना पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको गोप्य सूचनाको आधारमा डाबग्राम रेञ्जका अधिकारीहरूले अभियान चलाएर लाखौँ रुपियाँको साल काठ उद्धार गरेको छ। घटनामा तस्करी गर्ने प्रमुख व्यक्ति मनि राय (48) र निमाई सरकार (65) –लाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्ति फुलबारी चतुरागछ र सीपाईपाडा निवासी हुन्।


वन विभाग सूत्रले दिएको जानकारीअनुसार गत महिना बैकुण्ठपुर जङ्गलको छोटा फापरी इलाकामा अभियान चलाउँदा तस्करहरूले काठ बोकेको वाहन त्यहीँ छोडेर घटनास्थलबाट भागेका थिए। यसपछि डाबग्राम रेञ्जका अधिकारीहरूले गोप्य सूचनाको आधारमा बैकुण्ठपुर जङ्गलमा अभियान चलाएर दुईजना  तस्करलाई पक्राउ गरेको बताइएको छ। यसको साथै लाखौँ रुपियाँको साल काठ पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेस गर्यो।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *