लाखौँ रुपियाँको साल काठ उद्धार

अलिपुरद्वार : गोप्य सूचनाको आधारमा वन विभागको पाना रेञ्जका वनकर्मीहरूले अलिपुरद्वार जिल्लाको चिन्चुला चियाकमानमा अभियान चलाएर 2 लाख रुपियाँ मूल्यको 10 वटा साल काठको लट्ठा उद्धार गरेको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार केही मानिसहरूले बक्सा ब्याघ्र प्रकल्पको जङ्गलबाट तस्करी गर्ने उद्देश्यले सालको रुख काटेका थिए भने वनकर्मीहरूले तस्कर गर्न अगावै साल काठको लट्टा उद्धार गरेको बताइएको छ। यसको साथै जफत गरेको साल काठ पाना रेञ्जमा लगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *