लाखौँ रुपियाँको सालको काठ जफत

सिलगढी : गोप्य सूचनाको आधारमा बाघडुग्रा वन विभागका कर्मीहरूले अभियान चलाएर लाखौँ रुपियाँको सालको काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार बाघडुग्रा वन विभागका कर्मीहरूले नक्सलबारी थाना अन्तर्गत पर्ने महासिंहजोत, अटल, मोरीजोतमा अभियान चलाएर अवैध सालको काठ जफत गरेको छ। जफत गरेको उक्त साल काठको अनुमानित बजार मूल्य 6 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *