लाखौँ रुपियाँको याबा ट्याबलेटसहित युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको गुप्तचर विभागले अधिक मात्रामा याबा ट्याबलेटसहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक कुचबिहार निवासी निमाई वैदको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गुप्तचर विभागका अधिकारीहरूले गोप्य सूचनाको आधारमा गत राति एनजेपी थाना अन्तर्गत पर्ने आमाईदीघी चेकपोस्ट इलाकामा अभियान चलाएर 6 हजार याबा ट्याबलेट सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको याबा ट्याबलेटको अनुमानित बजार मूल्य 18 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *