लाखौँ रुपियाँको गाँजा सहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति देनियाल अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा नौकाघाट इलाकामा अभियान चलाएर 35 केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त व्यक्तिले नेपालमा तस्करी गर्ने उद्देश्यले गाँजा लगिरहेको थियो। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य डेढ लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *