लाखौं रूपियाँ सहित मादक पदार्थको साथमा दुईजना पक्राउ

खोरीबारी (निसं): 38 ग्राम ब्राउन शुगर, लाखौं भारतीय रूपियाँ अनि 30 बोतल कफ सिरप सहित खोरीबारी पुलिसले एकजना व्यक्ति र एकजना महिलालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा नेपाल निवासी धीरेन उप्रेति अनि गौरसिंह जोत निवासी सरस्वती गिरीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको  आधारमा खोरीबारी पुलिसले भारत-नेपाल सिमानास्थित पानीट्याङ्को गौरसिंह जोत इलाकामा अभियान चलाएर एउटा स्कूटीबाट 38 ग्राम ब्राउन शुगर अनि 30 बोतल कफ सिरप उद्धार गरेको छ। यसवाहेक, पुलिसले 1 लाख 62 हजार भारतीय रूपियाँ पनि उद्धार गरेको छ। उक्त घटनामा एकजना व्यक्ति र महिलालाई पक्राउ गरेको छ। आज दुवै आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *