लाखौं रूपियाँको ब्राउन शुगर सहित सिलगढीबाट महिला पक्राउ

 सिलगढी (निसं): तस्करी गर्न अगावै लगभग 30 लाख रूपियाँ मूल्यको ब्राउन शुगर सहित एकजना महिलालाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने महिला कामना सरकार जलपाइगढीका हुन्। तथापि हाल तिनी सिलगढीको अशीघरमा किरायको घरमा बस्दै आइरहेकी थिइन्। जानकारी अनुसार कामना सरकार 260 ग्राम ब्राउन शुगर लिएर मालदाबाट सिलगढी आइपुगेकी थिइन्। यसपछि उक्त महिला ब्राउन शुगर लिएर सिलगढीको नौकाघाट मोड़मा कसैलाई पर्खिरहेका थिए। यस अवधि गोप्य सूचना पाएर एनजेपी थाना पुलिसले अभियान चलाएर महिलालाई ब्राउन शुगर सहित पक्राउ गरे। पक्रा पर्ने महिलालाई आज बुधवार जलपाइगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।   


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *