लाखौ रूपियाँको ब्राउन सुगर सहित चारजना पानीट्याङ्कीबाट पक्राउ

खोरीबारी: खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मियादास (39), विकास दास (37), राज उरांव (30) र मनिरूल शेख (19) सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पानीट्याङ्की गौरसिंह जोत नजिक अभियान चलाएर ब्राउन सुगर डेलिभरी गरेको समय चारैजना आरोपीलाई पक्राउ गरेको बताइएको छ। तिनीहरूबाट 45 ग्राम ब्राउन सुगर सहित नगद 1 लाख चालिस हजार रूपियाँ पनि पुलिसले उद्धार गरेको छ। खोरीबारी थानामा मामिला दर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *